आम निर्वाचनको घोषणाअघि भारतका शीर्ष निर्वाचन अधिकारीले किन दिए राजीनामा ?

आम निर्वाचनको अपेक्षित घोषणा हुनुभन्दा केही दिनअघि भारतको निर्वाचन आयोगका दोस्रो उच्च श्रेणीका अधिकारीले राजीनामा दिएको न्याय मन्त्रालयले जनाएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको खोजी गर्नेछन् । 

मानव इतिहासमा लोकतान्त्रिक मताधिकारको सबैभन्दा ठूलो अभ्यास गर्नका लागि भारतको निर्वाचन आयोगलाई आफ्ना तीन शीर्ष अधिकारीमध्ये एकजनालाई मात्र छाडेर अरुण गोयलले शनिबार राजीनामा दिएका छन् । अप्रिल–मेमा हुने निर्वाचनमा करिब एक अर्ब मानिस मतदान गर्न योग्य छन् । 

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गोयलको राजीनामा स्वीकृत गरेको कानून तथा न्याय मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले उनले राजीनामा गरेको कारण भने बताएको छैन । एनडिटिभी समाचार नेटवर्कले स्रोतलाई उद्धृत गर्दै गोयलले ‘व्यक्तिगत कारण’ देखाई राजीनामा दिएको उल्लेख गरेको छ । 

निर्वाचन आयोगमा अर्का अधिकारी गत वर्ष सेवानिवृत्त भए पनि उक्त पदमा हालसम्म कसैलाई नियुक्त गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले धेरै चरणमा हुने निर्वाचनको मितिको घोषणा आगामी साता गरिने सम्भावना रहेको बताएका छन् । 

प्रमुख विपक्षी दल कांग्रेसका महासचिव के.सी. वेणुगोपालले गोयलको राजीनामा चिन्ताको विषय भएको बताएका छन् ।  





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १३:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया