सरकारको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो कार्यदल

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सत्ता समीकरणको सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले राजनीतिक संयन्त्र बनाएको छ । 

आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम् साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो ।

सिंहदरबारमा गठित १० सदस्यीय राजनीतिक संयन्त्रमा सत्तामा सामेल पाँच दलकातर्फबाट दुई/दुई जनालाई समावेश गरिएको छ । गठित संयन्त्रमा माओवादी केन्द्रबाट उप–महासचिव वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल रहेका छन् ।  

सत्ता समीकरणमा सामेल पाँचै दलबाट आएका धारणालाई समेटेर सरकारका प्राथमिकता तय गर्न एमाले नेता विष्णु रिमाललाई मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ ।

सरकारका आगामी कार्यलाई प्रभावकारी बनाउन प्राथमिकताका विषयहरू समेटेर कार्यदलले प्रतिवेदन तयार पार्नेछ । 
 





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १३:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया