एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन, पहिलो दिन पारस र एलबीको टिम भिड्दै

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन भएको छ । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालाको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गर्दै मैदानको शुभारम्भ गरेका हुन् ।  

गत ३० जेठमा शिलान्यास गरिएको मैदानको निर्माण कार्य आठ महिनामै सकिएको हो । तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । मैदान उद्घाटन भएसँगै आजबाट लेजेन्ड्स कप टी–१० प्रतियोगिता पनि सुरु भएको छ ।  

प्रतियोगितामा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप टिम, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी चार टिमको सहभागिता छ ।

प्रतियोगिताको पहिलो खेलमा आज सन् १९९६ को टोली र सन् २०१४ को टी–२० विश्वकप खेलेको टिम खेलिरहेका छन् । खेलमा पारस कप्तान रहेको विश्वकप टिमले टस जितेर फिल्डिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म एलबी क्षेत्री कप्तानीको सन् १९९६ को टोलीले ४ ओभरमा तीन विकेट गुमाएर १४ रन बनाएको छ ।  





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार ११:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया