logo-img

पपुवा न्यूगिनीविरुद्ध कुशल भुर्तेलको उत्कृष्ट अर्धशतक
फाइल तस्बिर

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । उनले ३२ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।

कुशलले अन्तिम बलमा छक्का हिर्काउँदै सानदार तरिकाले अर्धशतक पूरा गरे । टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो । ​पिएनजीविरुद्धको जारी खेलमा नेपालले तेस्रो विकेटको रूपमा आरिफ शेखलाई ४ रनमा गुमायो ।



उनलाई ९.३ ओभरमा पिएनजीका कप्तान असद भालाले विकेटकिपरबाट क्याच आउट गराए । नेपाल दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । उनी ८.१ ओभरमा नोसैना पोकनाको बलमा एक रनमै आउट भए । 

नेपालले पहिलो विकेटको रूपमा ७.३ ओभरमा विनोद भण्डारीलाई गुमायो । उनले आज २२ बलमा दुई चौका र एक छक्कासहित २७ रनको पारी खेले । 



विनोदले जारी हङकङ भ्रमणका क्रममा गत शनिबार हङकङविरुद्ध ४२ रन बनाएका थिए । नेपालले आज टस हारेर पहिला ब्याटिङ गरिरहेको हो ।

पिएनजीविरुद्ध नेपालले  प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज अविनाश बोहराको स्थानमा आकाश चन्दलाई मौका दिएको हो । 



सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेल वर्षाले प्रभावित भएपछि हङकङसँग नेपालले अंक बाँडेको थियो ।  

  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार ७:४३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया