त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र पिएनजी भिड्ने

हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल र पपुवा न्यूगिनी (पिएनजी) ले खेल्ने भएका छन् । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पिएनजीले हङकङलाई १० विकेटले हराएसँगै फाइनल खेल्ने टिमको टुंगो लागेको हो ।

नेपाल र पिएनजीबीचको फाइनल खेल बुधबार बिहान ११ः४५ देखि सुरु हुनेछ । तेस्रो भएको घरेलु टिम हङकङले अब हङकङ ‘ए’ सँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गर्‍यो ।

उसका लागि अविजित रहेका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । त्यसअघि मोंगकोकस्थित मिशन रोड ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको हङकङ १८.३ ओभरमा अलआउट भयो । उसका लागि जीशान अलिले अविजित ५५, नसरुल्ला राना र एहसान खानले १६/१६ तथा बाबर अहयातले १२ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । पिएनजीका लागि सेसे बाउ, असद भाला, अलि नाओ र काबुआ मोरियाले दुई/दुई विकेट लिए ।  





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १४:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया