नेपाल र पपुवा न्यूगिनी त्रिकोणात्मक शृंखलाको फाइनलमा

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्यूगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्‍यो । जितसँगै पपुवा न्यूगिनीले दुई खेलमा दुई अंक जोड्यो । हङकङ समान खेलबाट एक अंकका साथ फाइनल पुग्नबाट वञ्चित भयो । साथै दुई खेल खेलेको नेपालले तीन अंक बनाएकाे छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । फाइनल खेल भोलि हुनेछ । 

हङकङले जितका लागि दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्यूगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा गर्‍यो । पपुवा न्यूगिनीका लागि सेसे बाउले ४३ बलमा चौका छ चौका र एक छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यसैगरी टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनाएको थियो । हङकङका लागि जिसन अलीले २९ बलमा छ चौका र एक छक्काको मद्दतले ५५ रन बनाए । नस्रुला राना र एहसान खानले समान १६/१६ रन जोडे भने बाबर हायतले १२ रन बनाए ।

पपुवा न्यूगिनीका लागि काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई/दुई विकेट लिए ।





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १६:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया