पारिश्रमिक नलिने पाकिस्तानी राष्ट्रपति जरदारीको घोषणा

आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन् । आइतबार पद तथा गोपनीयताको सपथ लिएका उनले मंगलबार यस्तो घोषणा गरेका हुन् । 

राष्ट्रपति जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निर्णय गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर (एक्स) मार्फत यस्तो जानकारी दिएको छ । राष्ट्रिय कोषमा भार नपार्ने उद्देश्यले राष्ट्रपतिले आफ्नो पारिश्रमिक त्यागेको बताइएको छ । यो उल्लेखनीय छ कि पूर्वराष्ट्रपति आरिफ अल्वीले प्रतिमहिना ८ लाख ४६ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका थिए ।  

राष्ट्रपतिको तलब सुविधा संसदले पारित गर्ने प्रचलन छ । पाकिस्तानमा सन् २०१८ देखि उक्त सुविधा राष्ट्रपतिले पाउँदै आएका थिए । जरदारी पाकिस्तानका सबैभन्दा धनी राजनीतिज्ञमध्ये एक हुन् । 

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सह-अध्यक्ष आसिफ अली जर्दारीले आइतबार पाकिस्तानको १४औँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका थिए । इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले जरदारीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । 

सैन्य शासकलाई छोडेर, जरदारी दोस्रो पटक राष्ट्र प्रमुखको पद ग्रहण गर्ने पाकिस्तानको पहिलो नेता बनेका छन् । यसअघि उनले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति पद सम्हालेका थिए । 

यस्तै, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले पनि आफ्नो तलब छोड्ने निर्णय गरेका छन् । नक्वीले देशले सामना गरिरहेको आर्थिक चुनौतीलाई पनि यसको कारण बताए । 





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार ८:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया