पिएनजीलाई छैटौँ झड्का, कुशलले लिए अर्को महत्वपूर्ण विकेट
फाइल तस्बिर

हङकङमा जारी टी–२० त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपाललाई छैटौँ विकेट पनि पार्ट टाइम बलर कुशल भुर्तेलले नै दिलाए । उनले १३.४ ओभरमा ओपनर टोनी उरालाई ६१ रनमा पवेलियन फर्काए ।   

उरालाई पवेलियन फर्काउनेक्रममा विवेककुमार यादवले सानदार क्याच पक्रिए । कुशलले ११.५ ओभरमा हिला वारेलाई १८ रनमा एल्बीडब्लू धरापमा पारे । पिएनजीको चौथो विकेट गुलशन झाले लिए । उनले ५.२ ओभरमा हिरी हिरीलाई १५ रनमा आउट गरे । नेपाललाई तेस्रो सफलता युवा तीव्र गतिका बलर आकाश चन्दले दिलाए । 

उनले तेस्रो ओभरको अन्तिम बलमा लेगा सियाकलाई २ रनमा आउट गरे । नेपाललाई दोस्रो सफलता पनि आकाशले नै दिलाए । उनले १.४ ओभरमा कप्तान असद भालालाई २ रनमा आउट गरे । भालालाई आउट गर्नेक्रममा विकेटकिपर विनोद भण्डारीले उत्कृष्ट क्याच पक्रिए । 

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा करण केसीले पहिलो ओभरको दोस्रो बलमै सेसे बाउलाई शून्यमै पवेलियन फर्काए । नेपालले आज टस जितेर पहिला बलिङ गरिरहेको हो । 

नेपाल लिग चरणमा पिएनजीलाई ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनल खेल्न लागेको हो । पिएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको हो । नेपाल पिएनजीविरुद्धको अपराजित यात्रा कायमै राख्ने सोचमा छ ।  

हालसम्म यी दुई टिमले पाँच टी–२० आई खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले चार र पिएनजीले एक खेल जितेको छ । 





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १३:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया