logo-img

पिएनजीविरुद्ध नेपालको खराब सुरुवात, सस्तैमा गुमायो दुई विकेट

हङकङमा जारी टी–२० त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यूगिनी (पिएनजी) ले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा दुई विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा ओपनर कुशल भुर्तेललाई गुमायो ।  

उनी २.४ ओभरमा ५ रनमै बोल्ड भए । कुशललाई पनि काबुआ मोरियाले पवेलियन फर्काए । नेपालले पहिलो विकेटको रूपमा पहिलो ओभरको तेस्रो बलमा विनोद भण्डारीलाई गुमायो ।  

उनी ४ रनमै बोल्ड भए । त्यसअघि मोंग कोकस्थित मिशन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो ।



उसका लागि ओपनिङ ब्याटर टोनी उराले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा पाँच चौका र चार छक्कासहित ६१ रन बनाए । यस्तै, अलि नाओले अविजित ३०, हिला वारेले १८, हिरी हिरीले १५ र किप्लिन डोरिगाले १४ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २४ रन दिएर तीन विकेट लिए । यस्तै, आकाश चन्दले ४ ओभरमा ४१ रन खर्चेर तीन विकेट नै हात पारे । करण केसी र गुलशन झाको नाममा एक/एक विकेट रह्यो । 

नेपाल लिग चरणमा पिएनजीलाई ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनल खेल्न लागेको हो । पिएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको फाइनल भेट पक्का गर्‍यो ।  



हालसम्म यी दुई टिमले पाँच टी–२० आई खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले चार र पिएनजीले एक खेल जितेको छ । 



  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १३:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया