logo-img

काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिन्छौँ, प्रधानमन्त्रीले गलहत्याउनु पर्दैन : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले रास्वपाले सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिने बताएका छन् । 

बुधबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले रास्वपाले सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएको भन्दै काम गर्न नसकेको दिन आफै सरकारबाट बाहिरिएर प्रधानमन्त्रीले गलहत्याउनु पर्ने अवस्था नबनाउने बताएका हुन् । 

उनले भने,‘हामी बिगार्न, भत्काउन, तोड्न र उखेल्न आएका हैनौँ । हामी काम गर्न आएका हौँ । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौँ । प्रश्न गर्‍यौँ । अब सरकारबाट डेलिभरी दिन सकिन्छ कि भनेर आएका छौँ । सुशासन र युवा केन्द्रित मन्त्रालय रोजेर नै लिएका छौँ । गर्न नसकेको दिन हामी आफै बाहिरिने छौँ । प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौँ । उहाँले हामीलाई गलहत्याउनु पर्दैन ।’



राष्ट्र हितको विषयमा काम गर्ने प्रधानमन्त्रीको चाहनालाई साथ दिन रास्वपाले जोखिम मोलेर साथ दिएको उनको भनाई छ ।   





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १४:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया