ज्ञानेन्द्र शाही भन्छन्- ‘यो देशमा सरकार होइन कुर्सी मात्र छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन भन्दै प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा रसियामा अलपत्र परेका पाँचजना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होइन कुर्सी मात्र भएको बताए । 

‘यसो हेरे सरकार त छ । तर, सरकार छ कि छैन । छ भने रसियामा अलपत्र परेका पाँचजना नेपालीले छिमेकी राष्ट्र भारतसँग हामीलाई उद्धार गर्नुपर्यो भनेर मागिरहनु भएको छ भारतसँग भने के नेपालमा सरकार छ । कुर्सी छ कहिले वारी कहिले पारी त्यति छ,’ शाहीले भने ।   

यस्तै, उनले रसियामा गोरखाका नागरिक पनि अलपत्र रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले जनताको उद्धार गर्ने विश्वास नभएको बताए ।  

‘गोरखाबाट प्रधानमन्त्री र परराष्ट्र दुवै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले यो देशका जनताको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने ?,’ शाहीले प्रश्न गरे । 
 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १३:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया