बाँदर नियन्त्रणको तालिम लिन भारत उड्यो नेपाली टोली, आरजुले गरिन् बिदाइ

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई बिदाइ गरेको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटेरिनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाइ गरेको हो । 

बिदाइ कार्यक्रममा समिति सभापति डा. आरजु राणा देउवाले बाँदरलाई मार्नु नै उचित समाधान नरहेकाले तालिम लिएर बाँदर नियन्त्रण गर्न सकिने विश्वासले तालिममा सहभागीका लागि पठाउन लागेको जानकारी दिइन् ।  

‘बाँदरलाई यत्तिकै मार्न हुँदैन । यो हाम्रो बाटो होइन भन्ने छलफल भएको थियो । नियन्त्रण कसरी गर्ने भन्ने कुराहरू उठिरहँदा हामीले उपाय निकालेका हौँ । तालिम लिन सक्यौ भने चाहिँ हामी नियन्त्रण गर्न सक्छौं । यो कुरा मन्त्रालयसामु पनि कुरा राख्यौँ र मन्त्रालयले पनि प्रतिक्रिया दिएपछि आज यो ठाउँमा पुग्यौँ,’ राणाले भनिन् । 

उनले तालिम लिएर आएपश्चात त्यसलाई लागु गर्नका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रहसमेत गरिन् ।  
 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १६:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया