मौसम अझै तीन दिन नखुल्ने, देशभर वर्षाको सम्भावना

काठमाडौं– आगामी तीन दिनसम्म देशभर नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले मौसममा प्रभाव परेको हो ।

काठमाडौं उपत्यकामा बिहीबार दिउँसो केहीबेर घाम लाग्ने तर अन्य स्थानमा तत्काल मौसम सफा नहुने महाशाखाको प्रक्षेपण छ । बिहीबार राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार शुक्रबार देशको मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १५:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया