logo-img

एआइजीद्वय ज्ञवाली र बज्राचार्यको सरुवा गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजीद्वय श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको सरुवा गरेको हो ।  

सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा सरुवा गरिएको छ ।

यस्तै, सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरुवा गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।



सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटी औंल्याएपछि बज्राचार्यलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखबाट हटाएको हो ।  





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १८:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया