सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी

सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । शनिबार १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । 

कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूलाई पनि मस्यौदा बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य डा. मुकुल ढकालले बताए । उनले ५ राजनीतिक दलको तर्फबाट साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको र सोही कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको बताए । 

उनले भने, ‘५ राजनीतिक दलको तर्फबाट साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रत्येक दलबाट २÷२ जना सदस्यहरू हुनुहुन्थ्यो । उक्त कार्यदलले आज आफ्नो प्रतिवेदन, जसलाई हामीले पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प भनेका छौँ । त्यो प्रधानमन्त्री र शीर्षस्थ नेताहरूलाई बुझाएको छौँ । उहाँहरूको बैठक बसी यसलाई अन्तिम रूप दिए सकेसम्म सोमवार सार्वजनिक गरिनेछ । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिएका छौँ ।’

उनले शीर्ष नेताहरूले मस्यौदालाई अन्तिम रूप दिई सोमबारसम्म सार्वजनिक गर्ने तयारी रहेको बताए । साझा न्यूनतम कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाहरू विदेश पलायनबाट रोक्ने उपाय र उत्पादन वृद्धि गर्ने विषयहरू समेटिएको बताए ।  





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार १४:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया