सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री लामिछानेले आइतबार आइजी वसन्तबहादुर कुँवर र सिआइबीका एआइजी श्यामलाल ज्ञवालीलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्  ।

यसअघि महरासँग सुन तस्करी प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयानसमेत लिएको थियो । त्यसपछि उक्त आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृहमन्त्री लामिछानेले प्रहरीलाई निर्देशन दिएको बताइएको छ ।  





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १२:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया