विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताएका छन् । उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुनसमेत आग्रह गरे । 

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकपक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । काठमाडौं महाधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भएपनि त्यो महाधिवेशन नै विवादित छ । त्यसबारे छानबिन गर्न बनेको समितिले रिपोर्टसमेत सरकारलाई दिइसकेको छ । 

अध्यक्ष शर्मासहितको टोलीले आफूहरू महाधिवेशनबाट निर्वाचित भएपनि विवादित बनाइएको भन्दै सरकारले न्याय दिनुपर्ने माग गरेका थियो । उनीहरूले रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह गरेका छन् भने मध्यपूर्व र विश्भरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयकोतर्फबाट पहलकदमी लिइदिनसमेत अनुरोध गरेका छन् । 
 
 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ७:५०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया