मोन्टपेलियरको पोस्टमा पिएजीको ६ गोल, एम्बाप्पेको ह्याट्रिक

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा मोन्टपेलियरविरुद्ध ६–२ को सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउनेक्रममा फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

यस्तै, भिटिन्हा, ली कान इन र नुनो मेन्डिसको नाममा एक/एक गोल रह्यो । पिएसजीको जितमा एम्बाप्पेले २२, ५० र ६३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । खेलको पहिलो हाफ २–२ को बराबरी भएपछि दोस्रो हाफमा पिएसजीले सानदार प्रदर्शन गर्‍यो । 

जितपछि पिएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ । २७ मध्ये १७ खेल जितेको पिएसजीले ५९ अंक जोडेको छ । दोस्रो स्थानको ब्रेष्टको ४७ अंक छ । पराजित मोन्टपेलियर २६ अंकसहित १४औं स्थानमा छ ।  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ८:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया