गगनलाई रास्वपा सांसद चौधरीको जवाफ- अरूलाई औँला देखाउनुअघि आफैँतर्फ फर्किएका औँला हेर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न आग्रह गरेका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न आँट गर्न आग्रह गरे  ।

 यसअघि बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने बताएका थिए । त्यसको जवाफ दिँदै सांसद चौधरीले अरूलाई औँला देखाउनुअघि आफैंतिर फर्किएका औँलाहरू हेर्न आग्रह गरे । 

उनले भने, ‘सत्ताको लागि पानी बिनाको माछाझैँ नतड्पिन म माननीयजीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु । माननीय रवि लामिछानेमाथि भएको जनताको मत, विश्वासको, इज्जत र कदर गरौँ र सोही विश्वासलाई कायम गर्न आएको रुपमा उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गर्न आँट गरौँ । किनकी देशमा सुशासन त कायम गर्नैपर्छ । आफू भलो त जगत भलो भनेझैँ अरुलाई औँला देखाउनुभन्दा पहिला आफैँतर्फ फर्किएका औँलाहरु हेर्न सुझाव दिन चाहन्छु ।’

उनले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझाव समेत दिए ।  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १२:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया