एकीकृत समाजवादी पार्टी छोडेको भोलिपल्टै मन्त्री बने दीपक मनाङे
फाइल तस्बिर

आइतबार नेकपा एकीकृत समाजवादी पार्टी छोडेको घोषणा गरेका दीपक मनाङे आज गण्डकी प्रदेशको मन्त्री बनेका छन् । मनाङेलाई समेटेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

स्वतन्त्र भएर चुनाव जितेका मनाङे पछि नेकपा एससँग जोडिएका थिए । तर, आइतबार भने मनाङेले उक्त पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका थिए । 

नयाँ मन्त्रिमण्डलमा मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै महेन्द्रध्वज जिसी पनि मन्त्री बनेका छन् । उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी दिइएको छ । 

आज दिउँसो साढे तीन बजे नवनियुक्त मन्त्रीले शपथ लिने तय भएको छ ।  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १३:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया