logo-img

प्रदीप पौडेलको आरोप- बिमस्टेक लगायतका संगठनहरू भिआइपीहरूको भ्रमणका निम्ति मात्रै प्रयोग भए

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बिमस्टेक लगायतका संगठनहरूबाट नेपालले लाभ लिन नसकेको बताए । 

सोमबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको बिमस्टेक बडापत्र माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

उनले यस्ता संगठनहरुको नेतृत्व गर्नबाट नेपाल चुकिरहेको बताए । नीतिगत नेतृत्व र रणनीतिगत उपयोग गर्न नेपालले नसकेको बताए । उनले यस्ता सङ्गठनहरूलाई भिआइपीहरूको भ्रमणका निम्ति मात्रै प्रयोग हुने गरेको बताए । यस्ता मञ्चहरू राष्ट्रिय हितका निम्ति प्रयोग हुनुपर्नेमा जोड दिए ।



उनले भने, ‘वास्तवमा हामीले यस्ता संगठनहरुको नेतृत्व गर्न सकिरहेका पनि छैनौँ । नीतिगत नेतृत्व गर्न सकिरहेका छैनौँ । रणनीतिगत उपयोग गर्न पनि सकिरहेका छैनौँ । खालि यो भिआइपीहरूको भ्रमणका निम्ति सहभागी भएको मात्रै देखिएको छ । त्यसैले राष्ट्रिय हितका निम्ति यस्ता मञ्चहरूलाई कसरी प्रयोग गर्न सकिन्छ ? हाम्रो रणनीति के हो त ? यहाँ बडापत्रमा उल्लेख भएका विषयहरूले हाम्रो राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्याउनसक्छ ? वा हामीले यसलाई कसरी उपयोग गर्न सक्छौँ । त्यस कारण यो परराष्ट्र क्षेत्रमा जति पनि हाम्रो मेकानिजम छ, त्यसले राष्ट्रिय हितमा कति सक्रिय भएर काम गर्न सकेको छ ? दूतावासले कति काम गर्न सकेको छ । त्यो कुरामा हामी निरपेक्ष भएको जस्तो देखिन्छ । सहभागी मात्रै महत्त्वपूर्ण होइन । लाभ लिने स्थिति बन्नुपर्छ ।’

सांसद पौडेलले राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्याउनसक्छ ? भन्ने विषयमा सोचेर कामहरू गर्न आवश्यक रहेको बताए ।  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १५:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया