logo-img

सुन होस् कि सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ : प्रकाशशरण महत

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताएका छन् । संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कुनै पनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले कानुनी शासनको पालना गर्न आवश्यक रहेको बताए । उनले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि प्रश्नहरू उठ्यो भने गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । उनले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । 

उनले भने, ‘जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि प्रश्नहरू उठ्छ, अनुसन्धानले केही समस्या देखाउँछ भनेदेखि त्यसको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धानले जे निष्कर्ष निकाल्छ, त्यसको स्वीकार सबैले गर्नुपर्छ । हामी के चाहन्छौँ भने जुनसुकै विषयमा अनुसन्धान होस् । चाहे सहकारीको विषय होस्, सुनको विषय होस्, अन्य विषय होस् । जो व्यक्तिहरू सार्वजनिक जीवन वा बाहिर हुनुहुन्छ, उहाँहरूको संलग्नता देखिन्छ भने कानुनको परिधिमा आउनुपर्छ । जसको बारेमा प्रश्न उठ्छ, जुन विषय अनुसन्धानको घेरामा छ । जुन निकायमा रही रहँदा त्यो अनुसन्धानमा सम्झौता हुने अवस्था हुन्छ, त्यसमा प्रश्न स्वाभाविक रहन्छ ।’



उनले सार्वजनिक जीवन व्यतीत गरिरहेका व्यक्तिहरूमा अनियमितताको प्रश्न उठेको खण्डामा कानुनको दायरामा आउनुपर्ने बताए ।  





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १७:९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया