टाइगर र दिशाको ‘हिरो नम्बर १’ स्थगित

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको फिल्म ‘हिरो नम्बर १’ लामो समयदेखि चर्चामा थियो । फ्यानहरु यो जोडीलाई पुनः पर्दामा हेर्न पाउने खबरले उत्साहित थिए । 

तर, अब भने यो फिल्म नबन्ने भएको छ । फिल्मका निर्माताले यो फिल्मलाई हालका लागि स्थगित गरेका छन् ।

गत वर्षको सेप्टेम्बर र अक्टोबर महिनामा निर्माताले यो फिल्मका लागि एक सानो तालिका तयार पारेका थिए । जसअनुसार यो वर्षको जनवरीमा फिल्मको सुटिङ सुरु हुनुपर्ने थियो । तर, अब भने यो फिल्म स्थगित भएको छ ।

फिल्मका निर्देशक जगन शक्ति नयाँ प्रोजेक्टमा व्यस्त छन् । फिल्मका प्राविधिकलाई पनि निर्माताहरुले अन्य ठाउँमा काम गर्न जानु भनिसकेका छन् ।
 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १७:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया