logo-img

आयरल्याण्डसँगको टी–२० सिरिज अफगानिस्तानले जित्यो

आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । गएराति सम्पन्न तेस्रो तथा अन्तिम टी–२० आई खेलमा आयरल्याण्डलाई ५७ रनले हराउँदै अफगानिस्तानले  सिरिज २–१ ले जितेको हो ।

अफगानिस्तानले पहिलो खेल ३८ रनले गुमायो दोस्रो खेलमा १० रनको जित निकालेको थियो । शारजाह क्रिकेट मैदानमा भएको निर्णायक खेलमा अफगानिस्तानले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १७.२ ओभरमा ९८ रनमै अलआउट भयो ।



उसका लागि कर्टिस क्याम्फरले २८, ग्यारेथ डेलानीले २१ र ह्यारी टेक्टरले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अफगानिस्तानका लागि अजमातुल्लाह उमरजाईले चार ओभरमा ९ रन दिएर सर्वाधिक चार विकेट लिए ।

यस्तै, नवीन उलहकले तीन तथा राशिद खान, नङ्गेलिया खरोटे र फजलहक फारुकीले एक/एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो ।  



उसका लागि ओपनिङ ब्याटर इब्राहिम जाद्रानले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा तीन छक्का र पाँच चौकासहित अविजित ७२ रन बनाए । यस्तै, मोहम्मद इसाकले २७, सिदीकुल्लाह अटलले १९ र इजाज अहमद अहमदजाईले १० बनाए । आयरल्याण्डका लागि सात बलरले समान एक विकेट हात पारे ।  



  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार ९:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया