रंगमञ्च र चलचित्र दुवैमा सफल दिया मास्के
अभिनयमा अब्बल, पर्दाबाहिर बोल्ड

नेपाली चलचित्रमा बेग्लै खालको छवि बनाएकी अभिनेत्री हुन्, दिया मास्के । उनले रंगमञ्च हुँदै फिल्म ‘कागबेनी’बाट नेपाली चलचित्र क्षेत्रमा आफ्नो पाइला राखेकी थिइन् । चलचित्रको पर्दामा प्रायः दुःखी चरित्र निभाउने उनी पर्दाबाहिर भने निकै बोल्ड देखिन्छिन् ।  

दियाको अभिनय कलाको चर्चा बजारमा व्याप्त छ । दियाले मूलधारका भन्दा फरक चलचित्रमा काम गरेको पाइन्छ । उनले अभिनय गरेको यस्तै फरक चलचित्र ‘सुनगाभा’ले खुबै चर्चा पाएको थियो । 
 
सुनगाभा’मा उनले गरेको कत्थक नृत्यको पनि निकै चर्चा भएको थियो । नृत्यमा देखिएने उनको ऊर्जा भने बयान गर्न नसकिने नै हुन्छ । चार वर्षको उमेरदेखि नाच्न थालेकी उनले आठ वर्षको हुँदा ‘जुन त लाग्यो ताराले’ भन्ने बालगीतको भिडियोमा नाँच्ने अवसर  पनि पाएकी थिइन् ।

उनले निकै कम फिल्म खेल्छिन् । जुन फिल्ममा खेल्छिन्, उनी त्यस फिल्मको पात्रलाइ न्याय गर्न सदा नै तत्पर रहन्छिन् । हुन पनि फिल्ममा उनको अभिनय वाहवाही बटुल्ने खालकै हुन्छ । 

उनको अभिनय रहेको फिल्म प्रकाश नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको थियो । जसमा उनले उत्कृष्ट अभिनेत्रीको उपाधि पनि हासिल गरेकी थिइन् । फिल्म प्रकाशमा दियाले सीताको भूमिका निर्वाह गरेकी छिन् । 

जुम्लाकी एक सामान्य महिलाको भूमिका निर्वाह गरेकी उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेकी छैनन् ।

उनले यसबाहेक दोख, कस्मिक लभ, फिटिकिरीजस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । हिमालय टेलिभिजनको ‘हिमालय रोडिज’ नामक कार्यक्रमको निर्णायक भएपछि दिया अझ बढ़ी चर्चामा रहँदै आएकी छन् । 
 





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १७:३५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया