मह जोडीलाई आदर्श नागरिक सम्मान

झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । प्रतिष्ठानले बिर्तामोडमा बुधबार एक समारोहको आयोजना गर्दै मह जोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो ।

प्रतिष्ठानले पहिलोपटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको सचिव लक्ष्मण ढकालले जानकारी दिए । महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान प्रदान गरिएको हो । भारतको दार्जिलिङका प्रख्यात नाटककार सके श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको थियो ।

पुरस्कृत प्रतिभा हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गरे । उनले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको टिप्पणी गरे । 

मदनकृष्ण श्रेष्ठसँगको ४४ वर्षको सहयात्राले आफूलाई यो स्थानमा पुर्याएको भन्दै उनले मित्रताको दीर्घकालिन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताए ।
अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्य उनले अहिलेसम्म पाएकोमध्ये सबैभन्दा ठूलो पुरस्कार रहेको बताए । उनले आदर्श नागरिक सम्मानका रुपमा आफूलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सिके श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सीमाले छेक्न नसक्ने बताए । उनले ३२ वर्षअघि सिक्किममा मह जोडीलाई सम्मान गर्ने अवसर पाएको स्मरण गर्दै योपटक त्यही अवसर दोहोरिएको बताए । श्रेष्ठले मह जोडी कलाकार वा व्यक्तिमात्र नभएर प्रतिष्ठान भएको बताए ।

नेपाल कमजोर भयो भने अरु देशमा रहेका नेपालीभाषीले पनि दुःख पाउने उल्लेख उनले गरे । ‘नेपाल जरा हो, हामी त फल र फूल मात्र हौं,’ उनले  भने, ‘जरा नै दूषित भयो भने फल र फूलको अवस्था ठिक हुँदैन, त्यसकारण जरा सधैं सही हुनु पर्छ ।’ नेपालले प्रगति गर्दा अरु देशमा रहेका नेपालीभाषीले गौरव गर्ने गरेको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १७:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया