आइसिसी अध्यक्ष बार्कलेले भने– नेपाली क्रिकेटलाई सघाउँछौँ

आइसिसी अध्यक्ष ग्रेग बार्कलेले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताएका छन् । काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै अध्यक्ष बार्कलेले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद् रहेको बताए ।  

‘नेपालको छोटो अवधिको भ्रमण फलदायी रह्यो । यहाँको क्रिकेटको अवस्थालाई लिएर धेरै भेटघाट र बैठक गरियो । प्रधानमन्त्री, खेलकुदमन्त्री, खेलकुद परिषद् पदाधिकारीसँग भेटघाट भए । म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘सबैजना क्रिकेटप्रति सकारात्मक पाएँ । नेपाली क्रिकेटको प्रगतिप्रति आशावादी हुन सकिन्छ ।’  

नेपाली क्रिकेटलाई आइसिसीको निरन्तर सहयोग गरिरहेको उनले स्मरण गराए । ‘नेपालको क्रिकेटलाई आइसिसीले हेरिरहेकै छ । हामी कसरी नेपाली क्रिकेट अगाडि बढ्छ भन्नेमा सघाउँदै आइरहेकै छौँ,’ उनले भने, ‘भविष्यमा पनि आइसिसीले गर्न सक्ने सहकार्यलाई निरन्तरता दिने नै छ ।’

त्यस्तै, पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसिसी अध्यक्ष बार्कलेको नेपाल भ्रमणले आइसिसी नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न इच्छुक रहेको पुष्टि भएको बताए । 

उनले भने, ‘आइसिसी अध्यक्ष नेपाल आएर नेपाली क्रिकेट जगतको विकासका लागि सकारात्मक रहेको सन्देश प्रवाह भएको छ । नेपाल सरकार क्यान पनि प्रेरित भएको छ । हामीमा खेलकुदका संरचनाको विकास र खेलाडीको क्षमता विकासका लागि ऊर्जा मिलेको छ ।’

अध्यक्ष बार्कलेले हिजो प्रधानमन्त्री पुष्पकमल दाहालसँगै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाल आशावादी रहेकाले पूर्वाधारमा लगानी बढाएको जानकारी गराएका थिए ।   



चारदिने औपचारिक भ्रमणमा नेपाल आएका आइसिसी अध्यक्ष बार्कले बिहीबार फर्किने कार्यसूची छ ।   
 



  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार २०:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया