चित्रबहादुरको टिप्पणी : सहकारीको रकम राफसाफ गर्न चौरासी तिक्डम गरेर गृहमन्त्री !

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा गृहमन्त्री बन्नसक्ने कोही नभेटेको हो ? भन्दै प्रश्न गरे । उनले मुद्दा लागेको व्यक्तिलाई उपप्रधान एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताए । 

गृहमन्त्री रवि लामिछानेले आफ्ना जालसाझीहरू लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि बताए । दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने बताउँदै उनले गृहमन्त्रीको गल्ती र कमजोरी रहेको कुरा हरेक नागरिकलाई जानकारी रहेको बताए । गृहमन्त्री लामिछानेले गृह मन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको उनको आरोप छ । 

‘एमालेभित्र पनि कोही रैनछन् । यो त वास्तवमा नेपाली जनतामाथि अपमान हो नि । त्यस्तो मुद्दा लागेको मान्छे । दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ?’ उनले भने, ‘गल्ती कमजोरी भएको छ, वर्तमान गृहमन्त्रीको । चौरासी तिक्डम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने । त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो ।’

गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने उनले बताए । 





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार २१:१४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया