एमाले सांसदले भने : कांग्रेसले बलियो प्रमाण ल्याउँछ भने रविबारे छानबिन हुन्छ

नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली कांग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्क प्रस्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । 

बुधबार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रस्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताए । उनले र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनै पनि प्रतिपक्षले बनाउन नहुने बताए । 

‘हामीले जुन हिजो आवाज उठाउनेमध्ये एक म पनि थिएँ । मेरो प्रमाण र आधार थिए । मैले नेपालमा पञ्चायत कालदेखि अहिलेसम्म अख्तियारले बोलाएपछि सबै मन्त्रीहरु राजीनामा दिएर मात्रै बयान दिन गएका थिए,’ उनले भने, ‘मैले नाम र प्रमाणसहित राखेको थिएँ । संविधानमा, कानुनमा नलेखे पनि राजनीतिक मोडालिटीमा पञ्चायत, बहुदलमा पनि चलेको थियो र अहिले पनि चल्नुपर्छ । त्यस्तो कुरा उल्लंघन गर्नु हुँदैन ।’

प्रकाश ज्वालाको राजीनामाको कुरा आफूले नउठाएको, तर त्यो बेलाको सरकारले स्वयं आयोग गठन गरेको उनले बताए । ‘सरकारले बनाएको आयोगले मन्त्रीलाई दोषी देखाइसकेपछि मन्त्री कसरी बसिरहन मिल्छ ? प्रकाश ज्वालाजीलाई राजीनामा दिन बाध्य पार्ने अवस्था सरकार स्वयंले गरेको हो ।’ 

अहिलेको प्रतिपक्षले ल्याउँछ भने त्यसलाई मान्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘तर, मुढाग्रह र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले उठाउनु हुँदैन ।’

नेकपा एमाले प्रतिपक्षमा रहेको बेलामा प्रशस्त आधार र प्रमाणसहित मन्त्रीहरुको राजीनामा मागेको बताए । 





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार २१:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया