मन्त्रिपरिषद् निर्णय : योजना आयोगमा चार सदस्य नियुक्त, पौडेल सचिवमा बढुवा

सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले रिक्त राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिइन् ।

उनले भनिन्,‘नेपाल प्रशासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निर्णय भएको छ ।’

यस्तै सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको पनि उनले जानकारी दिइन् । ‘राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यीय पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्ति गर्ने निर्णय भएको छ,’ उनले भनिन्  ।

नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरिएको उनले बताइन् । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १२:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया