पिछडिएका वर्गको उत्थान भएमात्र गणतन्त्रले राखेको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति पौडेल
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भए मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताएका छन् । 

मुस्लिम आयोगको पाचौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधबार उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशीताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको उल्लेख गर्दै नेपालको संविधान विश्वका उत्कृष्ट संविधानमध्ये एक रहेको र सबै जातजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताए ।

राष्ट्रपति पौडेलले संविधानको व्यावहारिक कार्यान्वयन गर्न आग्रह गरे । उनले मुस्लिम समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रम तर्जुमा गरी प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । 

उनले समानुपातिक समावेशीताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताए । यसका लागि तीन तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानुनी प्रयास गरिनु आवश्यक रहेको उल्लेख गरे ।  

राष्ट्रपति पौडेलले नेपाली समाजबाट लोकतन्त्र, सहिष्णुतापूर्ण र सहयोगपूर्ण व्यवहार विश्वले अनुकरण गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १२:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया