पूर्वसूचनालाई व्यवस्थितरूपमा विकास गर्न आवश्यक छ : मन्त्री बस्नेत

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताए । उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरू थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए । उनले नेपालीहरूले लिएको विज्ञता र अनुभवलाई अब सबैसमक्ष पुर्‍याउने गरी पूर्वसूचना प्रणालीको विकास र बिस्तार गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? अथवा पूर्व सूचनालाई हामीलै कुन रूपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ । अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरू थपिँदै जाने अपेक्षा छ । हाम्रा अनुभवहरूलाई र विज्ञतालाई ठिक ढंगले प्रसारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पुर्‍याउने विधिहरूको बारेमा पनि तपाईँहरूका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ ।’

उनले सूचना सबैको पहुँच पुर्‍याउने विधिहरूको बारेमा सोच्न जरुरी रहेको बताए ।  





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १३:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया