मन्त्री बुढाको दाबी- उपत्यकाका अधिकांश सम्पदाको पुनर्निर्माण सम्पन्न गर्दै छौँ


सहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरूको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताएका छन् । 

शुक्रबार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्दै उहाँले सो दाबी गरेका हुन् । मन्त्री बुढाले काठमाडौं उपत्यकालगायतका २८ वटा सम्पदामध्ये ३ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको समेत स्मरण गराए । उनले नेपालको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको सम्पदाको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको पनि प्रशंसा गरे । 

मन्त्री बुढाले भने, ‘काठमाडौं उपत्यकाका ३ वटै जिल्लालगायत सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, सोलुखुम्बुलगायतमा २८ वटा सम्पदामध्ये ३ वटा सम्पन्न भई सम्बन्धित निकायमा हस्तान्तरण गरिसकिएको छ भने अन्य बाँकी सम्पदाहरूको अधिकांश चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् । सम्पदा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएकोमा भारत सरकारप्रति सहरी विकास मन्त्रालय र स्वयं मेरो तर्फबाट समेत आभार व्यक्त गर्न चाहन्छु ।’

मन्त्री बुढाले समयमै बजेटको व्यवस्थापन हुन नसक्दा सम्पदा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्पष्ट पारे । भारत सरकारको समेत अनुदान सहायतामा पुनर्निर्माण गरिएको सो बिहारको लागत भ्याट बाहेक १४ करोड ५९ लाख रहेको बताइएको छ । 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १५:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया