फिल्म ‘डिग्री माइला’ ट्रेलरमा ‘माइलाको अहंकार’

नयाँ वर्षको छेको पारेर यही चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्रि आंचल शर्मा मुख्य भूमिकामा छन् । 

नाटक जनरामा आधारित चलचित्रमा शहरमा एमए पास गरेर गाउँ फर्किएको पात्रको अहंकार र त्यसले उत्पन्न गरेको परिस्थितिलाई देखाइएको छ । शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रकी अभिनेत्री आँचल शर्माले रामबाबुसँग काम गर्ने तीव्र इच्छाको साथ पर्खाइमा बसेको पूरा भएको बताइन् । 

काम गर्ने इच्छाका कारण आफूलाई फिल्ममा लिन ‘पडकास्ट’ बाटै आग्रह गरेको उल्लेख गरेकि आँचलले टिमवर्कका साथ काम गरेकोले राम्रो चलचित्र बनेको दाबी गरिन् ।  उनले भनिन् ‘ ‘मलाई रामबाबु दाईसँग काम गर्ने यति मन थियो । पडकास्टबाटै मलाई फिल्ममा लिनु भनेको थिएँ । पडकास्टमा सुनेर नै मलाई लिएको त होइन नि ?’

बाँसुरी फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको फिल्म शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन गरेका हुन् । निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १९:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया