होलीमा सुरक्षाका लागि ड्रोनबाट निगरानी गरिने, अमर्यादित गतिविधि भेटिए यो नम्बरमा फोन गरौँ
सुरक्षा व्यवस्थामा कडाइ, काठमाडौंमा ९० ठाउँमा चेकिङ

जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको दाबी गरेको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ । 

होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरे । 

प्रहरीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको बताउँदै उनले जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए । 

सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको उनले जानकारी दिए । होली मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको उनले बताए । होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन उनको अनुरोध छ । 

मादक पदार्थ सेवा गरी सवारी चलाउनेको संख्या अत्याधिक हुने, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जानसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रुपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा विभिन्न ठाउँहरुमा चोकहरु खटाइने र ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुने उनले बताए । 

होली पर्वमा हुनसक्ने विभिन्न अवाञ्छित र अपराधिक घटनाहरुलाई मध्यनजर गरी सुरक्षित बनाउन सामाजिक सञ्जालबाट पनि अपिल गरेको उनले जानकारी दिए । त्यस्ता नराम्रा गतिविधि गरे प्रहरीको टोल फ्री नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखले प्रयोग गर्ने नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार १६:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया