logo-img

हुम्लामा जिप दुर्घटना, दुईको मृत्यु सात घाइते (विवरणसहित)

हुम्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने सातजना घाइते भएका छन् । 

धुलाचौरबाट आउँदै गरेको सु प प ००१ ज ११८३ नम्बरको बोलेरो जिप आज दिउँसो पाम्स मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ करगाइ गाउँका अन्जादी ३९ वर्षिया फागुने लुवार र सोही वडा बारिगाउँ गाउँका १३ वर्षिया प्रवेश ऐडी छन् । दुवैजना भारत घर फर्कने क्रममा थिए । 



साथै घाइते हुनेमा चालक जनक ठगुन्ना, सवारीधनी धनबहादुर महतारा, बारिगाउँका ४५ वर्षिया रामबहादुर ऐडी, अदानचुली–५ का ५७ वर्षका कुल टमटा, बल बोहोरा, चैती बोहोरा, खगेन्द्र टमटा छन् । 

घाइतेको हाल श्रीनगर स्वास्थ्यचौकीमा प्रथामिक उपचार भइरहेको छ । गम्भीर घाइते चालक ठगुन्ना र सवारी धनी महतारालाई थप उपचारका हेलिकोप्टरमार्फत अन्यत्र लैजान पहल भइरहेको जनाइएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार २१:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया