काठमाडौंमा ट्राफिक चेकिङमा कडाइ, दिउँसोसम्म दुई सय ४१ सवारी चालकलाई कारबाही

होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । काठमाडौं उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ । 

काठमाडौं उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए । 
दुई पांग्रे २३३ र आठ वटा चार पांग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन् । एसएसपी श्रेष्ठका अनुसार लाइसेन्स नबोक्ने, मापसे गरेर सवारी चलाउनेलगायत कारबाहीमा परेका हुन् । 

काठमाडौंमा बसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेललगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन् । यद्यपि बिहान पातलिएका सडकमा सवारी बढ्न थालेको श्रेष्ठले बताए । 

होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ । 

होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभावी रङ नछ्याप्न प्रहरीको आग्रह छ । सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ । तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ । 





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १५:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया