टी–२० विश्वकपका लागि मोहम्मद आमिरले लिए संन्यास फिर्ता

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास फिर्ता लिएका छन् । आगामी जुनमा हुने टी–२० विश्वकपका लागि उनले संन्यास फिर्ता लिएका हुन् । 

आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । यद्यपि उनले विभिन्न लिग भने खेल्दै आएका छन् । आमिरले पाकिस्तानका लागि अन्तिमपटक सन् २०२० अगस्टमा खेलेका थिए । 

उनले हालसम्म ३६ टेस्ट, ६१ एकदिवसीय र ५० टी–२० आई खेलेका छन् । आमिरले टेस्टमा ११, एकदिवसीयमा ८१ र टी–२० आईमा ५९ विकेट लिएका छन् ।

विश्वकपकै लागि पाकिस्तानी अलराउन्डर इमाद वासिमले पनि संन्यास लिएका छन् ।  





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार ११:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया