आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ब्याटिङमा, प्लेइङ-११ मा दुई परिवर्तन

आयरल्याण्ड ‘ए’ सँगको टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा घरेलु टिम नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल र आयरल्याण्ड ‘ए’ बीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ । 

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह र विवेककुमार यादवलाई मौका दिएको छ ।

नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।  

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, विवेककुमार यादव,  करण केसी, सोमपाल कामी र अविनाश बोहरा । 

बेन्च : दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी र आकाश चन्द ।   





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १२:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया