भ्रष्टाचार न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय : मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन् । 

नेकपा (एमाले) जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै उनले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वाभाविक प्रक्रिया भएको बताए । 
 
मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिक मन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, ‘नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्नेछ । नयाँ गठबन्धन तत्काल टुट्दैन ।’

एमाले केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गिरीले एमाले पर्वतको दशौँ जिल्ला अधिवेशनबाट सहमतिमै नेतृत्व चयन गर्नसमेत सुझाब दिएका छन् । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार २०:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया