पाकिस्तानमा आतंकवादी हमला : पाँच चिनियाँ नागरिकसहित ६ जना मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको आतंकवादी हमलामा पाँच चिनियाँ र एक पाकिस्तानी नागरिकसहित पाँच जनाको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ । आक्रमण दिउँसो १ बजे भएको थियो । 

प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् आयोजनाको गाडीमा आतङ्ककारीले आक्रमण गरेको दूतावासले जनाएको छ । यो घटना खैबर पख्तुनख्वा प्रान्तको साङ्ला क्षेत्रमा भएको हो । 

घटनाको अनुसन्धानका लागि इलाकालाई घेराबन्दी गरिएको छ । घाइतेलाई अस्पताल लगिएको छ ।

दूतावासले पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्था र आयोजनाको सुरक्षाका लागि व्यावहारिक र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै यस्ता घटना दोहोरिन नदिन पाकिस्तानी पक्षले ध्यानाकर्षण गराएको छ ।

आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन । यस घटनाको देशका राष्ट्रपति आसिफ अली जर्दारीले पनि निन्दा गरेका छन् । 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार ८:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया