खेलकुदमन्त्री भन्छन्- ‘अव्यवस्थित राजनीतिका कारण खेलाडीलाई पुरस्कार वितरण गर्न सकिएन’

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले क्रिकेट टोलीलाई शुभकामना दिँदै रोकिएका पुरस्कार राशीको प्रक्रियालाई अगाडि बढाउने बताएका छन् । 

आगामी टी–२० विश्वकपको तयारीका गर्न भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीकी बिदाइ कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्थताका कारण खेलाडीलाई पुरस्कारबापतको रकम उपलब्ध गराउन असहज भएको बताए । 

‘सबैलाई शुभकामना दिन चाहन्छु र पुरस्कार राशिका कुराहरू छन् सबै खेल क्षेत्रमा नै यो समस्या छ । हिजो भर्खरै हामीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरा भएको थियो । यो सबै राजनीतिक क्षेत्र अव्यवस्थित हुँदा भइरहेको कुराहरू हो,’ उनले भने ।   

यस्तै, मन्त्री श्रेष्ठले खेलको परम्परागत शैलीलाई नीतिगतरूपमै सुधार गरेर नयाँ तरिकाबाट हेर्न आवश्यक भएको भन्दै सुधारको लागि आफू प्रयासरत रहेको बताए । क्यानका महासचिव पारस खड्काले पनि नेपाल क्रिकेट विश्वकपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज एकदमै महत्वपूर्ण भएको भन्दै उनले खेलाडीलाई राम्रो प्रदर्शनका लागि अनुरोध गरे ।  



‘नेपाल क्रिकेट विश्व कपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज हाम्रो लागि एकदमै महत्वपूर्ण छ । इन्डियाको रणजी लेबलको टिमहरूसँग खेल्ने हामीले अवसर पाएका छौँ । विश्वकप जुनमा हुने भएको हुनाले यो दुई/तीन महिना नेपाली क्रिकेटको लागि एकदमै महत्वपूर्ण छ,’ मन्त्री श्रेष्ठले भने, ‘खेलाडीहरूलाई प्रेसर पनि छ किनभने देशको प्रतिनिधित्व गर्ने इच्छा धेरैको हुन्छ । तर, त्यो मौका अहिलेका १५ जना छानिएका खेलाडीले पाएको छ । त्यसकारण यसको तयारी एकदमै राम्रो गर्नु हुन आग्रह गर्न चाहन्छु ।’ 



  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १३:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया