logo-img

स्नातक तहका प्रश्नपत्र नेपाली भाषामा पनि तयार गर्ने निर्णय

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायको स्नातक तहका प्रश्नपत्र अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । 

आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने भएको हो ।

विश्वविद्यालयका यही १५ चैतको प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले सो निर्णय गरेको विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।



विश्वविद्यालयले हालसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा सरोकारवालाबाट नेपालीमा पनि सोध्न आग्रह हुँदै आएको थियो । साथै तल्ला तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सहीरूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा असर पर्दै आएको पाइएको थियो । 





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार २२:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया