नेपाल ‘ए’ टिम आयरल्याण्ड वुल्भ्ससँग पराजित

नेपाल ‘ए’ टिम आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो ।

जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रनमा सीमित भयो । नेपालको आजको हारसँगै जारी टी–२० शृंखला आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै जितेको छ । शृंखला​को पहिलो खेलमा आयरल्याण्ड वुल्भ्स २१ रनले विजयी भएको थियो ।

नेपालका लागि देव खनालले २५ बल खेल्दै सात चौकाको सहयोगमा ४७ रन बनाए भने बसिर अहमदले २७, बिनोद भण्डारीले २६, लोकेश बमले २५ रनको योगदान दिए । 

आयरल्याण्ड वुल्भ्सका लागि वेन ह्वाइटले तीन विकेट लिए भने फिओन ह्याण्ड र थोमस माएजले दुई/दुई विकेट लिए । 

त्यसअघि ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय २४ रनको विशाल योगफल तयार पारेको थियो ।

उसका लागि निल रकले अविजित ७१ रन बनाए । उनले ३४ बल खेल्ने क्रममा सात छक्का र एक चौका प्रहार गरे । साथै पिटर मूरले ६५ रन बनाए । उनले सात छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक जेम्स म्याकोलुमले २६, रोद अदिरले १७ , फिओन ह्याण्डले १९ रनको योगदान दिएका थिए । 



नेपाल ‘ए’का लागि सागर ढकालले तीन विकेट लिए भने कमल ऐरी, पवन सर्राफले एक/एक विकेट लिए । शृंखलाको तेस्रो खेल आगामी सोमबार हुनेछ ।



  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १८:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया