बालुवाटारमा शीर्ष नेताको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक जारी छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाएका हुन् । 

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्ड सहभागी छन् । 

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक र  संवैधानिक परिषद्का विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : चैत १७, २०८० शनिबार १९:१९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया