सेयर बजारमा दोहोरो अंकको गिरावट, १७.३० अंकले घट्यो परिसूचक

साताको पहिलो दिन सेयर बजार परिसूचक घटेको छ । आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा रह्यो । 

१३ मध्ये निर्जीवन बीमाबाहेक सबै परिसूचक घट्दा सेयर सूचकमा असर परेको हो । सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीको सेयर छ । आज १७२ कम्पनीको सेयरमूल्य घटेको छ भने ६३ को मात्रै बढोत्तरी छ । १० कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँमा किनबेच भएको छ । घटेको बजारमा पनि मायाखोला हाइड्रोपावरका लगानीकर्ता भने अस्वाभाविकरुपमा फाइदामा रहे । उक्त कम्पनीको सेयरमूल्यमा बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । 

लगातार बढोत्तरीको सर्किट लाग्दै आएको सर्वोत्तम सिमेन्टको सेयर आज भने घट्नेमा शीर्षस्थानमा रह्यो । घटे पनि सेयरमूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५० पैसा छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा सर्वोत्तम नै पहिलो नम्बरमा छ । 

उक्त कम्पनीको सेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिवम् सिमेन्टको ११ करोड ५५ लाख, हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाखको सेयर किनबेच भएको छ । 

आज घट्नेमा सर्वोत्तमपछि बोटलर्स बालाजु, सीवाइसी लघुवित्त, थ्रीस्टार हाइड्रोपावर, किसान लघुवित्तलगायत छन् ।    





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १५:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया