logo-img

जम्कट्टेलको मुख्यमन्त्री पद नेकपा एसको हातमा, आज विश्वासको मत लिँदै
फाइल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्, जसका लागि बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाएका छन् । 

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन आटेपछि सोबारे छलफल गर्न बैठक बोलाएको पाठकले जानकारी दिए । बागमतीमा नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् । 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले समय सकिन तीन दिन अगावै (२२ चैतभित्र) आज विश्वासको मत लिने तयारी गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलको दलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा यसअघि नै दर्ता गराइसकेका छन् । माओवादीका सचेतक रत्नप्रसाद ढकालले गत शुक्रबार नै प्रस्ताव दर्ता गराएका थिए ।   

१ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि जम्कट्टेलको ५६ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ । ३ सांसद रहेको नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको । कांग्रेसका ३७ र राप्रपाका १३ जना सांसद विपक्षमा छन् । 

सत्ता समीकरणमा सहभागी मध्ये नेकपा एमाले, माओवादी केन्द्र, र हाम्रो नेपाली पार्टीबीच मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमति भएको भनिए पनि एकीकृत समाजवादीले भने जम्कट्टेललाई मत दिन चाहेको छैन । 



एसले बागमती वा कोशीमा आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ । मुख्यमन्त्री माग गर्दै बागमतीमा जमकट्टेललाई समर्थन गर्ने स्पष्ट नपारेको एसको कोशीमा ४ सीट छ भने बागमतीमा सात सीट छ ।  

बागमतीमा एमाले,माओवादी र हाम्रो नेपाल पार्टीको गरी ५० सिट छ । आज मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ५६ मत चाहिन्छ । यस्तो अवस्थामा एसले समर्थन नदिने हो भने मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चितजस्तै छ । यसरी हेर्दा जमकट्टेलको मुख्यमन्त्री पद नेकपा एसको हातमा देखिन्छ ।  



  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १०:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया