logo-img

सहकारी प्रकरणमा कांग्रेस : सरकारलाई समय दिएको हो, पछि हटेको होइन

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा कांग्रेस पछि नहटेको बताएकी छिन् । सोमबार संसद भवन परिसरमा बोल्दै उनले यस्तो बताएकी छिन् । 

आफ्ना माग यथावत् राखेर सरकारलाई समय दिएको उनको भनाइ छ । उनले  सदनमा आएका धेरै विधेयकलाई असर पर्नेगरी कांग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको उनले बताइन् । 

सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने उनले बताइन् । कांग्रेसजस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौँ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताइन् । दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने उनले चेतावनी दिइन् । 

उनले बजेट विगतको परिपाटीभन्दा फरक तरिकाले ल्याइनुपर्ने बताइन् । संघीय बजेट तीन करोडभन्दा कमको बनाउन नहुने भन्दै उनले टुक्रे बजेट ल्याउन नहुने बताइन् । 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार २०:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया