logo-img

मन्त्रीलाई सांसद बडूको प्रश्न- चीनसँगका १४ वटा नाका कहिले खुल्छन् ?
फाइल तस्बिर

नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलालगायत देशका १४ वटा नाका सञ्चालन गर्ने परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसदमा आएर स्पष्ट जवाफको माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाकासम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए ।  

‘उपप्रधानमन्त्री हिजो मात्रै चीनको भ्रमणबाट फर्किनु भएको छ । यसक्रममा कोरोनापछि बन्द भएको दार्चुलालगायत देशका १४ वटा नाकाहरू अब छिट्टै खुल्ने सम्झौता भएको खबर सुन्नमा आएको छ । तर, यस्तो सम्झौता प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो,’ सांसद बडूले भने, ‘तर, अहिलेसम्म पनि त्यो नाकाहरू सञ्चालनमा आउन सकेको छैन । यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसदमा दिनुपर्छ ।’ 







  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १२:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया