logo-img

घरेलु मैदानमै बेंगलुरुको लगातार दोस्रो हार, लखनउ चौथो स्थानमा उक्लियो

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो तथा समग्रमा तेस्रो हार बेहोरेको छ । तेस्रो हारको सामना गर्नेक्रममा गएराति सम्पन्न खेलमा ऊ घरेलु मैदानमै लखनउ सुपर जायन्ट्ससँग २८ रनले पराजित भयो ।

आफ्नो चौथो खेलमा लखनउले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको बेंगलुरु १९.४ ओभरमा १ सय ५३ रनमै अलआउट भयो । उसका लागि महिपाल लोमरले ३३, रजित पाटिदारले २९, विराट कोहलीले २२, कप्तान फाफ डुप्लेसिसले १९, मोहम्मद सिराजले १२ र अनुज रावतले ११ रन जोडे ।

लखनउका लागि मयंक यादवले चार ओभरमा १४ रन मात्र दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, नवीन उलहकले दुई तथा मणिमारन सिदार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले एक/एक विकेट लिए । 



त्यसअघि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो । उसका लागि ओपनर क्विन्टन डिककले ५६ बलमा आठ चौका र पाँच छक्कासहित सर्वाधिक ८१ रन बनाए ।

यस्तै, निकोलस पूरनले अविजित ४१, मार्कस स्टोइनिसले २४ र कप्तान केएल राहुलले २० रनको योगदान दिए । बेंगलुरुका लागि ग्लेन म्याक्सवेलले दुई, मोहम्मद सिराज, यश दयाल र रीस टोप्लेले एक/एक विकेट लिए । 

यो जितपछि लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा हार बेहोरेको छ । बेंगलुरु भने तालिकाको नवौँ स्थानमा छ । उसले चार खेल खेल्दा तीनमा पराजय र एक खेलमा मात्र जित हात पारेको छ । 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ७:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया